प्रोग्रेसिभ इन्जिनियर एसोसिएसनको अध्यक्षमा भट्ट

  • त्रिशूली प्रवाह
  • १३ आश्विन २०७९, बिहीबार १२:०१

धुन्चे, प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपाल (पिन) रसुवाको दोस्रो जिल्ला अधिवेशन गत हप्ता सम्पन्न भएको छ । उक्त अधिवेशनले विकास भट्टको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

अधिवेशनबाट सर्वसम्मत चयन भएको जिल्ला कार्यसमितिको उपाध्यक्षमा पासाङ छिरिङ तामाङ, सचिवमा ध्रुव नेपाल, सहसचिवमा कृष्णबहादुर तामाङ र कोषाध्यक्षमा दिलबहादुर तामाङ रहेका छन् । जिल्लाको पाँचवटा स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी जिल्ला कमिटी गठन गर्दै सदस्यमा रञ्जना तामाङ, कृष्ण पौडेल, सुदीप न्यौपाने, सुजन सापकोटा, प्रकाश अर्याल र रामकुमार तामाङ गरी ६ सदस्य रहेका छन् । प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपाल (पिन) रसुवामा सिभिल इन्जिनियर, सबइन्जिनियर गरी ६५ भन्दा बढी आबद्ध रहेका छन् ।

.