डान्सिङ स्टार नुवाकोट र दोहोरी च्याम्पियन २०२२ नुवाकोटमा सम्पन्न

  • त्रिशूली प्रवाह
  • १३ आश्विन २०७९, बिहीबार १२:०३

रानीपौवा, डान्सिङ स्टार नुवाकोट र दोहोरी च्याम्पियन २०२२ नुवाकोटमा शुक्रबार सम्पन्न भएको छ । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ जिल्ला कार्यसमिति नुवाकोटको आयोजनामा भएको कार्यक्रममा दिनेश तामाङको संयोजकत्व, करण तामाङ घलानको निर्देशन र अर्चना स्याङताङको सभाध्यक्षता साथै ककनी गाउँपालिका अध्यक्षका सुमन तामाङको प्रमुख आतिथ्यतामा भ्यु हिमालय तीनतारे होटेल ककनी नुवाकोटमा सम्पन्न भएको छ ।

नुवाकोटभित्रका नयाँ प्रतिभाको खोज, उजागर, सम्मान, संरक्षण गर्दै कलाकारको उत्पादन गर्ने उद्देश्यले गरिएको कार्यक्रममा बेलकोटगढी नगरपालिका प्रमुख जगतबहादुर लामा, ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ, बेलकोटगढी उपप्रमुख शिव दाहाल, ककनी गाउँपालिका उपाध्यक्ष मिठुमाया तामाङ, राष्ट्रिय सङ्गीतकर्मी सङ्घ केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रकाश कटुवाल, महासचिव अमृत खाती, ककनी गाउँपालिका– ५ का अध्यक्ष बुद्धराज लामालगायतले सम्बोधन गरेका थिऐ । प्रतियोगितामा सविन तामाङ र रिता गुरुङको जोडी दोहोरी च्याम्पियन नुवाकोट २०२२ बन्न सफल भएको छ भने द्वितीय स्थान दिल श्रेष्ठ र सविना तामाङको जोडी, तृतीय हुन सफल जगत बोगटी र अम्बिका ढुङ्गाना साथै उत्तम लामिछाने र सरिता तामाङ सान्त्वना हुन सफलता भए । यसैगरी, विशाल तामाङ डान्सिङ स्टार नुवाकोट २०२२ बन्न सफल भए । अनिशा तामाङ द्वितीय, सुनील तामाङ तृतीय र सविन तामाङ सान्त्वना स्थान हासिल गर्न सफल भए । डान्सिङ स्टार नुवाकोट २०२२ का लागि १९ जना कलाकार सहभागी भएका थिए भने दोहोरी च्याम्पियन २०२२ का लागि एक दर्जन कलाकारको सहभागी रहेको थियोे । प्रथम हुनेलाई नगद २५ हजार, प्रमाणपत्र, ट्रफी, द्वितीय हुनेलाई १५ हजार नगद, प्रमाणपत्र, ट्रफी, तृतीय हुनेलाई १० हजार नगद, प्रमाणपत्र, ट्रफी र सान्त्वना हुनेलाई प्रमाणपत्र र सम्मानपत्र प्रदान गरिएको हो ।

.