नुवाकोटमा तीनजनाको उम्मेदवारी फिर्ता गठबन्धनका तीन दल नै प्रतिस्पर्धामा

  • त्रिशूली प्रवाह
  • २७ आश्विन २०७९, बिहीबार ११:१५

विदुर, मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन गरेका नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच नुवाकोटको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिस्पर्धा हुने भएको छ ।

आइतबार ६ पदका लागि ६६ जनाले नुवाकोट जिल्लामा उम्मेदवारी मनोनयन दर्ता गरेका थिए । दुई प्रतिनिधिसभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गरेकामध्ये प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ का सरोज गिरी र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर प्रदेश सभा सदस्य क्षेत्र नम्बर २ का नरहरि भेटवालले बुधबार उम्मेदवारी फिर्ता लिएका छन् । यी दुवै स्वतन्त्र उम्मेदवार मनोनयन गरेका थिए । सत्तागठबन्धन दलको निर्णय कार्यान्वयन नभएपछि नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ मा राजेश थापाको उम्मेदवारीलाई कायम राखेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा सदस्य क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दर्ता गरेकी राममाया बोगटीले केन्द्रको निर्णयअनुसार बुधबार उम्मेदवारी फिर्ता लिए । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्यमा नेपाली काङ्ग्रेसबाट उम्मेदवारी मनोनयन दर्ता गरेकी गीता अमात्य, नेकपा माओवादी केन्द्रबाट उम्मेदवार दर्ता गरेका रामप्रसाद ढुङ्गाना, नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी मनोनयन दर्ता गरेका राजेन्द्रप्रकाश लोहनी र नेकपा एमालेका केशवराज पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ । गठबन्धन दलले उक्त क्षेत्र समाजवादीलाई छुट्याएको थियो । तर, काङ्ग्रेस र माओवादीले समाजवादीको अस्तित्वलाई स्वीकार नगर्दा यो प्रदेशमा गठबन्धन दलबीच नै प्रतिस्पर्धा हुने भएको छ ।