+
Search

ताजा अपडेट +

पपुलर +

सुक्खा बन्दरगाहको भौतिक निर्माण ३५ प्रतिशत

सुक्खा बन्दरगाहको भौतिक निर्माण ३५ प्रतिशत
त्रिशूली प्रवाह
४ साल अगाडी

धुन्चे, नेपाल र चीनबीचको व्यापार सहज बनाउने उद्देश्यले रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरेमा ०७६ मङ्सिर ४ गते शिलान्यास भई निर्माण सुरु गरिएको सुक्खा बन्दरगाह निर्धारित समय सकिँदा भौतिक प्रगति ३५ प्रतिशतमा सीमित रहेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा बन्न लागेको बन्दरगाह करिब १२ करोड ४० लाख चिनियाँ युआन रहेको र शिलान्यास गरेको ३० महिनामा सक्ने सम्झौतामा उल्लेख थियो । आठ हेक्टर जमिनमा निर्माण भइरहेको उक्त बन्दरगाह बनाउन चिनियाँ कम्पनीको तर्फबाट आयोजना प्रबन्धक याङ र नेपाल इन्टरमोडल यातायात विकास समितिका उपनिर्देशक हरेकृष्ण मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । नेपालबाट चीन प्रवेश गर्ने एक मात्र रसुवागढीको किनारामा बनिरहेको बन्दरगाहमा साढे तीन सयदेखि चार सयसम्म साना-ठूला गाडी अट्ने पार्किङस्थल निर्माण हुने गरी जग्गा अधिग्रहण भएको थियो । उक्त जग्गाको मुआब्जा वितरणपछि निर्माण थालनी भएको ३५ महिना सकिँदासमेत ३५ प्रतिशत मात्र निर्माणकार्य भएको छ । संरचना निर्माणका लागि लाङटाङ राष्ट्रिय निकुञ्जबाट पाँच र स्थानीयको तीन हेक्टर जग्गा अधिग्रहण भएको छ । बन्दरगाह एक भवन बनी त्यस भवनमा प्रशासनिक भवन, क्वारेन्टिन, बैंक, ल्याब, सुरक्षा निकायको कार्यालय रहनेछ ।

Suzuki New Bike & Scooter

७५० वर्गकिलोमिटरको क्षेत्रफलमा बन्दरगाहको गोदाम घर निर्माण हुने भए पनि कोभिडको कारण पटक-पटक निर्माण रोकिँदै आइरहेको छ । नेपाल र चीनबीचको व्यापार सहज बनाउने उद्देश्यले निर्माण भएको सुक्खा बन्दरगाहको निर्माण समयमा हुन नसक्नु कोभिडको कारण चिनियाँ प्राविधिक कामदार चीन गएर नफर्केकाले भएको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह