+
Search

ताजा अपडेट +

पपुलर +

निर्वाचनसम्बन्धी ध्यानाकर्षण

निर्वाचनसम्बन्धी ध्यानाकर्षण
त्रिशूली प्रवाह
४ साल अगाडी

धुन्चे, अन्तरपुस्ता महिलावादी मञ्चले बुधबार ७७ वटै जिल्लाको सरोकारवाला निकायलाई आसन्न सङ्घ र प्रदेशको निर्वाचनलाई ध्यानमा राखी चारबुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

उक्त मञ्चको रसुवा संयोजक गायत्री लामिछानेको नेतृत्वको टोलीले हिजो बुधबार रसुवाको प्रमुख जिल्ला अधिकारी, जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई ध्यानाकर्षणपत्र बुझाएको हो । रसुवामा मञ्चमा १८ जना महिला आबद्ध रहेका छन् । नेपालको महिला आन्दोलन सुदृढीकरण तथा संविधानले दिएको अधिकारबारे सचेतीकरण गर्दै महिला अधिकार उपभोग गर्न सक्ने वातावरण निर्माण गर्न मञ्च २०१९ मा स्थापना भएको थियो । मञ्चले स्थानीय निर्वाचनमा महिला सहभागिताका लागि प्रमुख राजनीतिक दलका नेतृत्वसँग संवादलगायत आफ्नै सिकाइका लागि आन्तरिक छलफल तथा विभिन्न जिल्ला तथा प्रदेशस्तरमा महिलासँग संवाद गर्दै आएको छ । स-साना अध्ययन-अनुसन्धानका क्रियाकलापमा सक्रिय रहेर चुनावको अनुगमन पनि मञ्चले गर्दै आएको छ ।

Suzuki New Bike & Scooter

गत स्थानीय निर्वाचनलगायत माथि उल्लेखित विभिन्न माध्यमबाट सिकेको सामूहिक पाठमा आधारित रहेर आगामी ०७९ मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनलाई ध्यानमा राखी नेपाल सरकारको ७७ वटै जिल्लामा रहेको प्रतिनिधि जिल्ला प्रशासन कार्यालयलगायत अन्य सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउने कार्यक्रमअन्तर्गत रसुवामा सरोकारवाला निकायलाई ध्यानाकर्षणपत्र बुझाएका रसुवा संयोजक गायत्री लामिछानेले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह