तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
२ साल अगाडी

पालिकालाई घरदैलोको सरकार भनिन्छ । पालिकाले गरेको कामले जनतालाई प्रत्यक्ष लाभ हुनुपर्ने हो । तर, विदुर नगरपालिकाले भेदभावको नीति अङ्गीकार गरेपछि गठबन्धनलाई भोट नदिनेलाई विदुर नगरपालिकाको ढोका बन्द । गठबन्धनमा भोट दिनेलाई सहयोग गर्न मेयरको मनमौजी तोकआदेश ! निर्वाचित भएपछि नगरका सबै जनताको अभिभावक हुनुपर्नेमा मेयरले कुदृष्टिले हेर्दा आधा कर्मचारीको जागिर चट ! विगतमा काम गरेका उपभोक्ता समितिका पदाधिकारीले घर, खेत बेच्नुपर्ने अवस्थामा भुक्तानी किस्ता–किस्तामा दिएपछि नगरवासीमा कुँडलो ! नगरमा नयाँ जनप्रतिनिधि आएको महसुस नगरवासीले विद्यायलको अङ्ग्रेजी माध्यमको पाठ्यपुस्तकको भुक्तानी र पशु बिमाको अनुदान हटेपछि राम्रैसँग गरिरहेका छन् । अल्पमतको कार्यपालिका बोर्ड भए पनि बहुमत एमाले कमरेडहरूको सदासयताले मेयरलाई सहज भएपछि उपमेयरसँगको सम्बन्ध चिसिँदै ! जनप्रतिनिधि आएको ६ महिनामा पनि जय नेपाल कमरेडहरूले नगरपालिकाले राजपत्रसमेत प्रकाशन गर्न नसक्दा खर्चको छताछुल्ल अनुमोदन !

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह