+
Search

ताजा अपडेट +

पपुलर +

तीन सय ३० म्यादी प्रहरी छनोट

तीन सय ३० म्यादी प्रहरी छनोट
त्रिशूली प्रवाह
२ साल अगाडी

धुन्चे, रसुवा जिल्लामा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन सुरक्षाका लागि तीन सय ३० जना म्यादी प्रहरी छनोट भएका छन् ।

एक महिना १० दिनको कार्यअवधि तोकेर प्रहरी प्रधान कार्यालयले गत भदौ ३० गतेदेखि असोज ६ गतेसम्म आवेदन खोल्दा कुल तीन सय ९१ जनाले रसुवामा म्यादीका लागि आवेदन दिएका थिए । रसुवामा छनोट भएका म्यादी प्रहरीलाई असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म प्रहरीबाट निर्वाचन सुरक्षा तालिम दिएर कात्तिक ९ गतेदेखि फिल्डमा खटाइने जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । म्यादी प्रहरीलाई मतदानस्थलमा खटाउने गरी सुरक्षा कार्ययोजना बनाइएको बताइएको छ भने उनीहरूलाई ४० दिनको तलब-भत्ता, रासन, पोसाकबापत एकमुस्ट ५० हजार एक सय ६० रुपैयाँ पाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह