हुलाक दिवसमा सेवा निबृत्त कर्मचारीलाई सम्मान

  • त्रिशूली प्रवाह
  • ४ कार्तिक २०७९, शुक्रबार १५:०८

विदुर, १ सय ४८औं विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय नुवाकोटले १० जना कर्मचारीलाई सम्मान गरेको छ ।

असोज २३ गते अर्थात् अक्टोवर ९ तारिखको दिन ‘‘पोष्ट फर प्लानेट’’ भन्ने नारासहित हुलाक दिवस मनाईएको थियो । दिवसको अवसर पारेर कार्यरत उत्कृष्ट २ कर्मचारी र सेवा निबृत्त ८ जना कर्मचारीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । सम्मानित हुने उत्कृष्ट कर्मचारीमा जिल्ला हुलाक कार्यालयमा हल्कारा पदमा कार्यरत उर्मिला श्रेष्ठ र देउराली हुलाक कार्यालयमा कार्यरत माया तामाङ रहेका छन् । यस्तै, सेवा निबृत्त भएका कर्मचारी ईश्वरबहादुर प्याकुरेल, गोबिन्द लामिछाने, प्रेमबहादुर गुरूङ, हरिबहादुर तामाङ, पूर्णबहादुर घले, प्रेमनाथ नेपाल, अमृत कुमाल र अर्जुन भण्डारीलाई सम्मान गरिएको जिल्ला हुलाक कार्यालयले सूचना अधिकारी गोपाल अधिकारीले जानकारी दिनुभयो । जिल्ला हुलाक कार्यालय नुवाकोटका कार्यालय प्रमुख नन्दकिशोर यादवले सेवाग्राहीबाट गुनासो नआउने गरी सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।