देश निर्वाचनमय बनेको छ । निर्वाचनको सङ्ग्राममा नेपाली जनता भविष्य खोजिरहेका छन् । देशमा राणा, पञ्चायत, राजतन्त्र फाल्न र गणतन्त्र ल्याउन नेतृत्व र बल गर्ने काङ्ग्रेस र माओवादीबीच सत्ता चलाउनेदेखि चुनावी गठबन्धनसम्म ! काङ्ग्रेस र माओवादीलाई अग्रगमनको भूत लागे पनि जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा जिल्ला पञ्चायतका अन्तिम सभापति र उपसभापति उम्मेदवार बनाउँदा गणतन्त्र र प्रजातन्त्रको लागि जुत्ता, चप्पल फटाउनेहरू हिस्स ! देशमा व्यवस्था परिवर्तन भयो, तर नेतृत्व परिवर्तन नहुँदा जनताको निराशालाई स्वतन्त्र र स्वतन्त्र पार्टीले सहानुभूति बटुल्दै ! अग्रगमन पक्षधर पार्टीले जिल्ला पञ्चायतका अन्तिम सभापति र उपसभापतिलाई सङ्घ र प्रदेशमा उम्मेदवार बनाउन किन बाध्य भयो होलान् । कार्जेकर्ता र मतदातामा खुलदुली !
तेस्रो आँखा
२ साल अगाडी

प्रतिक्रिया