+
Search

ताजा अपडेट +

पपुलर +

भलिबलको उपाधि ज्याङलाङलाई

त्रिशूली प्रवाह
३ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-६ धुन्चेमा कात्तिक २ गते सञ्चालित तेस्रो अकियास भलिबलको उपाधि ज्याङलाङ टिमले जितेको छ ।

Utsuk Books & Stationery

शैक्षिक, ज्ञानी, बौद्धिक र प्रज्ज्वलित समाज (अकियास) द्वारा सञ्चालित भलिबल प्रतियोगिता कात्तिक २ गतेदेखि ६ गतेसम्म सञ्चालन भई १० टिमले भाग लिएका थिए । नौ टिमलाई पछि पार्दै ज्याङलाङ प्रथम भई नगद ३० हजारसहित ट्रफी र प्रमाणपत्र हात पारेको छ भने दोस्रो हुनेमा धुन्चेस्थित हाइल्यान्ड आवासीय मावि रहेको र नगद १५ हजारसहित ट्रफी, प्रमाणपत्र हात पारेको छ । तेस्रो हुनेमा ठाडे प्रगतिशील टिमलाई भने ट्रफी र प्रमाणपत्र मात्रै वितरण गरिएको थियो । अकियास संस्थाका अध्यक्ष निवेश श्रेष्ठले अनुसार रसुवा जिल्लालाई भलिबलको माध्यमबाट खेलको विकास गर्दै युवाको अन्तर्निहित क्षमताको विकास गराई सकारात्मक सन्देश प्रवाह गरी अगाडि बढ्न र अरूले पनि केही सकारात्मक सन्देश लिउन् भन्ने उद्देश्यले भलिबल खेलाइएको बताए ।

त्यस्तै, प्रतियोगिता समापनकै अवसरमा प्रमुख अतिथि एवम् बौद्धिक व्यक्ति तिरबहादुर गुरुङले आजका युवा नै भोलिका सफल व्यक्तिको रूप हो, अनुशासनमा रहेर खेल खेली जिल्लालगायत स्वदेश तथा विदेशमा समेत खेल्न सकुन् भन्दै आफ्नो शुभकामनासमेत दिए । खेलमा हारजित हुन्छ, तर सभ्य र अनुशासनमा रहेर खेल खेले सफल भइने उनले उल्लेख गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह