बट्टार, द नेपाल डिस्ट्रिलरीले बालाजु-काठमाडौंले उत्पादन गरेको नयाँ न्युड सुपरियर भोड्का शनिबारदेखि नुवाकोटको बजारमा व्यावसायिक बिक्री सुरु भएको छ । चिसो मौसम सुरु भएसँगै न्युड भोड्काको बिक्रीले नुवाकोटको बजार तताएको छ ।
कम्पनीले नुवाकोटको बट्टारमा शनिबार नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्की, होटेल व्यवसायी महासङ्घ बागमती प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीको विशेष आतिथ्यता र जिल्लाका अधिकांश मदिरा व्यवसायीको उपस्थितिमा भोड्काको बिक्री शुभारम्भ गरेको छ । द नेपाल डिस्ट्रिलरीले उत्पादन गरेको खुकुरी रमपछिको न्युड भोड्का बजारमा आएको हो । नयाँ स्वादको अनुभव दिने न्युड भोड्का आकर्षक बोतल, सुगर फ्री, चामलबाट बनेको र उच्च गुणस्तरको स्पिरिड भएकाले उपभोक्ताको रोजाइमा पर्ने दाबी कम्पनीले गरेको छ । नुवाकोटमा द नेपाल डिस्ट्रिलरीको अधिकृत बिक्रेता एएनपी खाद्य सप्लायर्स रहेको छ । एएनपी खाद्य सप्लायर्सले खुकुरी रमसँगै न्युड भोड्काको बिक्री महत्वाकाङ्क्षाका साथ अगाडि बढाएको छ । यो भोड्काको सात सय ५० एमएलको बजारमा खुद्रा मूल्य दुई हजार ७० रुपैयाँ रहेको छ । सात सय ५० र तीन सय ७५ एमएलमा यो भोड्का बजारमा आएको छ ।