+
Search

ताजा अपडेट +

पपुलर +

निर्वाचनमा सञ्चारमाध्यमको भूमिका विषयक अभिमुखीकरण

त्रिशूली प्रवाह
३ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, कात्तिक २० गते जिल्ला निर्वाचन कार्यालय रसुवाको आयोजनामा जिल्लामा क्रियाशील सञ्चारकर्मीलाई निर्वाचनमा सञ्चारमाध्यमको भूमिका विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

Utsuk Books & Stationery

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचनमा सञ्चारमाध्यमको के-कस्ता किसिमको भूमिका हुन्छ भन्ने विषयमा छलफल भएको थियो । उपस्थित सञ्चारकर्मी तथा पत्रकारलाई निर्वाचन अधिकारी श्रीराम थापाले निर्वाचनमा मिडिया र पत्रकारको भूमिका प्रस्ट पार्दै मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति दुष्प्रचारलगायतका विषयमा प्रस्ट पारेका थिए । राज्यको चौथो अङ्ग सञ्चार क्षेत्र भएकाले निर्वाचनको आचारसंहिता पालना गरेर झुटा समाचार र भ्रमपूर्ण गतिविधिलाई कम गरी सत्य-तथ्य समाचारलाई प्राथमिकता दिनुपर्ने मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले बताए । भ्रमपूर्ण सूचना र समाचारले द्वन्द्व सिर्जना हुने भएकाले जिल्लाका सम्पूर्ण निकायसँग समन्वय गरी सत्य-तथ्य समाचार प्रकाशन गर्न प्रमुख जिल्ला अधिकारी नवराज जैसीले सो कार्यक्रममा अनुरोध गरे ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ रसुवाका अध्यक्ष केशव पौडेलले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै रसुवामा कार्यरत पत्रकार तथा सञ्चारकर्मीलाई निर्वाचनका विषयमा स्वच्छ रिपोर्टिङ, निर्वाचनसँग जोडिएका समाचारका स्रोत, निर्वाचनका सरोकारवाला पक्ष, निर्वाचनमा मिडियाको भूमिकालगायतका विषयमा जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह