+
Search

ताजा अपडेट +

पपुलर +

रसुवाको तीन पालिकामा नमुना मतदान

रसुवाको तीन पालिकामा नमुना मतदान
त्रिशूली प्रवाह
२ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, बदर मत न्यूनीकरण गर्ने उद्देश्यले रसुवामा नमुना मतदान सुरु भइसकेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन कार्यालय रसुवाले नमुना मतदानको अभ्यास गरेको हो ।

जिल्लाका प्रत्येक पालिकामा बदर मत कम गर्ने लक्ष्यअनुरूप जिल्ला निर्वाचन कार्यालयको समन्वयमा नमुना मतदान अभ्यास गरिएको निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए । स्थानीय तह निर्वाचनमा नमुना मतदान गर्न नसक्दा मत बदर धेरै हुन सक्ने भएकाले यसपटक न्यूनीकरणका लागि यो कार्यक्रम राखिएको थापाले बताए । निर्वाचन अधिकारी थापाका अनुसार आमाछोदिङ्मो गोसाइँकुण्ड र नौकुण्ड गाउँपालिकामा नमुना मतदान गरिसकिएको र उत्तरगया र कालिका गाउँपालिकामा पनि नमुना मतदान गरिनेछ । पाँच गाउँपालिका र २७ वटा वडा एक निर्वाचन क्षेत्र भएको रसुवामा ३९ हजार भोटर रहेका छन् । निर्वाचनमा जनतालाई मतदान गर्ने अभ्यास र मतदान बदर कम होस् भन्ने उद्देश्यले नमुना मतदान अभ्यास गरिएको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह