विदुर, सरकारले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थामा चार दिन र अन्य सरकारी कार्यालयमा दुई दिन बिदा दिने भएको छ ।
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि गृह मन्त्रालयले मतदानस्थल रहेका शिक्षण संस्था, विद्यालयलाई चार दिन तथा सरकारी कार्यालय र सार्वजनिक निकायलाई दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संंस्था र विद्यालयलाई २ मङ्सिरदेखि ५ मङ्सिरसम्म र सार्वजनिक निकाय एवम् सरकारी कार्यालयमा ४ र ५ मङ्सिरमा बिदा दिने निर्णय भएको छ ।






प्रतिक्रिया