ट्रेकिङ टोली गोसाइँकुण्डमा

  • त्रिशूली प्रवाह
  • ८ मंसिर २०७९, बिहीबार ११:५२
  • सरस्वती न्यौपाने

धुन्चे, ‘सहरका गाउँ जाऔँ एक ठाउँबाट अर्को ठाउँ जाऔँ, स्वास्थ्य आन्तरिक पर्यटनको प्रवद्र्धन गरौँ’ भन्ने उद्देश्यले ४४ जनाको प्रकृतिप्रेमी ट्रेकिङ टोली गोसाइँकुण्ड प्रस्थान गरेको छ ।

सातदोबाटो ललितपुरबाट आएको प्रकृतिप्रेमी ट्रेकिङ टोली आफ्नो स्वास्थ्य आफ्नै हातमा उचित आहार, विहार र विचार अभियान बोकेर लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने गोसाइँकुण्ड भ्रमणका लागि आएको हो । चार दिनको यात्रा तय गरी आएको ट्रेकिङ टोलीले लाङटाङ राष्ट्रिय निकुञ्जको अरू ठाउँ पनि भ्रमण गर्नेछ । पदयात्राका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज र अन्नपूर्ण संरक्षण क्षेत्रपछिको तेस्रो पर्यटकीय गन्तव्यस्थलको रूपमा परिचित भएका कारण थुप्रै आन्तरिक तथा बाह्य पर्यटनको आगमन हुने गरेको छ । यस ट्रेकिङ समूहले गोसाइँकुण्ड भ्रमण गरेर फर्किँदा सकारात्मक सन्देश प्रवाह भई थप अरू आन्तरिक पर्यटकलाई ऊर्जा मिल्ने रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।