तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ८ मंसिर २०७९, बिहीबार १२:०४
Buddha Eyes

संघीयताको जग बसाल्ने र देशलाई थला पार्ने निर्वाचन सम्पन्न भएर मत परिणाम आउने क्रम जारी ! टाउको मूल्य तोक्ने र टाउको मूल्य बोक्नेको प्रगतिशिल मिलनलाई जनताले नरूचाउँदा परिणाम उल्टो ! जनयुद्धको धङधङी र सत्तादोहन गर्दै एमाले फुटाएर ठूलो भाग खोज्नेको सपना नुवाकोटमा चिलिम् ! नीति, सिद्धान्त, विचार, लवाई-खवाई, हिंडाई-बसाई केही चालचलन नमिल्नेलाई जनताले वाईवाई गर्दा दुधमा अमिलो राख्दा फाँटेझैं सम्बन्ध ! उम्मेदवार र मतदाताको सम्बन्धको कारण गठबन्धनको मत ‘‘ट्रान्सफर’’ नहुँदा मतगणनास्थलमा रहेका प्रतिनिधीबिच रणमैदान बनाउने हुन् कि भन्ने चिन्तामा सिडियो सा’व !