+
Search

ताजा अपडेट +

पपुलर +

विपत् व्यवस्थापनका लागि मोबाइल एप्स

त्रिशूली प्रवाह
३ साल अगाडी

धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको कार्यालय स्याफ्रुबेँशीमा विपत्को समयमा हुने आपत्कालीन अवस्थालाई मध्यनजर गरी मंगलबार एकदिने विपत् जोखिमको सूचना प्रवाहसम्बन्धी गोष्ठीको अवसरमा विपत् व्यवस्थापनका लागि मोबाइल एप्स र नक्साङ्कनको विमोचन गरिएको छ ।

Utsuk Books & Stationery

इसिमोडको सहयोगमा गोसाइँकुण्ड गाउँपालिकाको सहकार्यमा भएको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले लाङटाङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई विपत् पर्दा होस् या गोसाइँकुण्ड गाउँपालिकाभित्र पर्ने विपत् व्यवस्थापनसम्बन्धी घटना भए तत्कालै थाहा पाउने किसिमले मोबाइल एप्स राखिने र विपत् व्यवस्थापनको नक्साङ्कन राखिएको बताए । सम्भवतः यो जिल्लाकै पहिलो भएको तामाङको दाबी छ । गाउँपालिका अध्यक्ष तामाङको अध्यक्षतामा भएको कार्यक्रममा रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसी, नेपालका लागि नर्वेजियन राजदुत तोरुण ड्रमडाल, इसिमोडका महानिर्देशक डा. पेमा ग्याम्त्सोको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हिममण्डल पहल यात्राको तीन मिनेट भिडियो देखाइनुको साथै हिममण्डल अनुगमन र विपत् जोखिम सञ्चारमा इसिमोडले गरेका कामबारे इसिमोड लाइम्लिहुड टिम लिडर डा.अमिना महर्जनले जानकारी गराएकी थिइन् ।

गाउँपालिकाको अध्यक्ष तामाङ र प्रजिअ जैसीले विपत् व्यवस्थापनको नक्साङ्कन र विपत् जोखिम व्यवस्थापनको लागि मोबाइल एप्सको विमोचन गरेका हुन् । मोबाइल एप्सले लाङटाङ जाने बाटोमा पर्यटक हराउँदा लोकेट गर्ने र जोखिम क्षेत्रमा पर्यटक पुग्दा भाइब्रेट गरी पर्यटकलाई सावधानीका लागि सूचित गर्ने गर्दछ । मोबाइल एप्सको प्रयोगले पर्यटक हराउने कार्यमा न्यूनीकरण हुने कुरा गाउँपालिकाको अध्यक्षले जानकारी गराए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह