+
Search

ताजा अपडेट +

पपुलर +

चार उद्यमी व्यवसायी सम्मानित

त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, राष्ट्रिय उद्योग दिवसको अवसरमा नुवाकोटका चार उद्योगी-व्यवसायी सम्मानित भएका छन् । शुक्रबार घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटले गरेको कार्यक्रममा जिल्लाभर विभिन्न उद्योग खोली आत्मनिर्भर बनेका उत्कृष्ट चारजना उद्योगीलाई सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

नुवाकोट उद्योग वाणिज्य सङ्घ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ नुवाकोट र जिल्ला लघुउद्यमी सङ्घको समन्वयमा उद्यमी सम्मान गरिएको थियो । घरेलु तथा साना उद्योग कार्यालयले उद्योग दिवसको अवसरमा त्रिशूल डेरी उद्योग विनपा-५ देवीघाट, हिमाली सेरेना मौरीपालन उद्योग बेलकोटगढी नगरपालिका-११ का लालबहादुर तामाङ, न्यौपाने आधुनिक कृषि फार्म विनपा-५ पीपलटारकी लीलकुमारी न्यौपाने र थोक्रा कृषि फर्म म्यागङ गाउँपालिका-३ का सोमबहादुर तामाङलाई सम्मान गरिएको थियो ।

Suzuki New Bike & Scooter

सो दिवसको अवसरमा नुवाकोटको उद्योग व्यवसायको अवस्था र चुनौतीको विषयमा अन्तत्र्रिmयासमेत गरिएको थियो । सो सम्मान कार्यक्रममा कार्यालयका प्रमुख रामप्रसाद भुसालले कार्यालयले दिने सेवा र उद्योग तथा वाणिज्य दर्ताको अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । उद्योगको नियमित अनुगमन गर्न नसकिएकोसमेत कार्यालय प्रमुख भुसालले बताए । दर्ता भएका उद्योगमध्ये ७० प्रतिशत उद्योग कृषि र पशुपालन रहेको जानकारी दिए । कार्यालयले जिल्लामा उद्योग तथा वाणिज्य प्रशासनतर्फको कार्य र त्यससँग सम्बन्धित राजस्व सङ्कलन, उद्योग विकास, बजार अनुगमन कार्यक्रमसहित सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम र प्रविधि हस्तान्तरण गर्ने कार्य गरिरहेको छ । उद्योगीको प्रोत्साहनका लागि उद्योग सम्मान कार्यक्रमलाई निरन्तरता दिएको कार्यालयल प्रमुख भुसालले बताए ।

उक्त सम्मान कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले स्थानीय उत्पादन बजारमा गुणस्तरीय पाउन नसकेको उल्लेख गरे । उद्यमीहरू व्यवसायी हुन नसकेको, राज्यको लगानी लिन उद्योग दर्ता गर्ने होडबाजी चलेको अनुगमन गरी कानुनी दायरामा ल्याउनुपर्ने धारणा राखे । सीप विकास तालिम लिएकासँग पुँजीको समस्या भएकाले स्थानीय व्यवसाय स्थापित हुन नसकेकोसमेत उनले बताए । न्यूनतम पुँजीको सुनिश्चितता नहुँदा सीप विकास तालिमप्राप्त स्थानीय बेरोजगार बन्न पुगेकाले त्यसका लागि कार्यालयले नयाँ योजना ल्याउन सुझाव दिए । सो अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष रामकृष्ण राजभण्डारी, जिल्ला लघु उद्यमी सङ्घका सचिव रामचन्द्र न्यौपाने, नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शरण उत्सुक सापकोटालगायतले उद्योग दिवसको महत्व र उद्योग विस्तारका लागि गर्नुपर्ने कार्यबारे आ-आफ्नो धारणा राखेका थिए ।

प्रदेश सरकारअन्तर्गत रहेको घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटमा उद्योग तथा वाणिज्यको १७ हजारभन्दा बढी फर्म दर्ता भएका छन् । कार्यालयमा दरबन्दीअनुसारका कर्मचारी नहुँदा उद्योग र वाणिज्यका प्रदेश र सङ्घ सरकारको स्वीकृत योजना तथा कार्यक्रम कार्यान्वयन गर्न सकिरहेको छैन । कार्यालयको नाममा १२ रोपनीभन्दा बढी जग्गा भए पनि संरक्षण र उपयोग गर्न सकेको छैन । विगत डेढ वर्षदेखि सिन्धुली जिल्ला घरेलु तथा साना उद्योग कार्यालयमा दरबन्दी रहेका रामप्रसाद भुसाल कार्यालय प्रमुखका रूपमा काजमा रहेका छन् भने लेखा अधिकृतलगायत अन्य कर्मचारी काजमा रहेकाले कार्यालयको दैनिक सेवा जेनतेन सञ्चालन भइरहेको छ । कर्मचारी नहुँदा कार्यालयले उद्योग र वाणिज्यको फर्म दर्ता गर्नेबाहेकको अन्य गतिविधि गर्न सकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह