तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १५ मंसिर २०७९, बिहीबार १२:३५
Buddha Eyes

निर्वाचनको रैलो जिल्लामा सकिएको छ । जित्नेले खुसी साट्न भ्याई-नभ्याई र हार्नेलाई दोष कसलाई लगाउने योजना टेन्टर-मेन्टर ! यसपटकको जिल्लाको चुनाउ नेकपा काङ्ग्रेसको कब्जामा हुँदा नेकपा एमाले र अरू दललाई अस्तित्व जोगाउनै धौ–धौ ! चुनाउमा विजयी भएर माला र खादा पहिरिनेको सङ्ख्याले मतदातालाई विजेता ठम्याउन समस्या ! प्रदेशको चार र सङ्घको दुई विजेता भए पनि माला र खादा लगाउने चिन्न नसक्दा सर्वसाधारणलाई अन्योल ! माला र खादा आफैँले खरिद गरेर लगाएका हुन् कि मतदाताले लगाइदिएका हुन् पत्ता लगाउन तेस्रो आँखाले सकेन–सकेन सुरक्षाकर्मीलाई समेत हम्मे-हम्मे !