+
Search

ताजा अपडेट +

पपुलर +

अपाङ्ग दिवस सम्पन्न

त्रिशूली प्रवाह
२ साल अगाडी

धुन्चे, मंसिर १७ गते गोसाइँकुण्ड गाँउपालिकाका उपप्रमुख प्रतिमा तमाङको संयोजकत्वमा ३१औं अन्तराष्ट्रिय अपाङ्ग दिवस मनाईयो ।

अन्तराष्ट्रिय अपाङ्ग दिवसको मुख्य नारा “समावेंशी विकासको लागि रूपान्तरित समाधानः पहुँचयुक्त र समातामुलक विश्वको लागि ऊर्जावान सिर्जनशिलताको प्रावधान रहेको थियो । यो अन्तराष्ट्रिय अपाङ्ग दिवस कार्यक्रम गोसाइँकुण्ड गाँउपालिका र अपाङ्ग पुनःस्थापना केन्द्र रसुवाको सहकार्यमा भएको हो । कार्यक्रममा विभिन्न विद्यालयका १० जना अपाङ्ग विद्यार्थीलाई प्रोत्साहनस्वरूप स्कुल ब्याग उपप्रमुख तमाङले वितरण गर्नुभएको थियो । उक्त कार्यक्रममा अपाङ्ग विद्यार्थीलाई झोला वितरण गर्दै विद्यार्थीलाई राम्रोसँग पढ्न उहाँले सुझाव दिनुभएको थियो । परिवर्तनका लागि आफैंबाट शुरू गर्नुपर्ने बताउँदै अपाङ्गले आफुमा आत्मविश्वास बढाउन मात्र सके अन्य मानिस जस्तै उदाहरणीय कार्य गर्न सक्ने पनि संसारमा धेरै उदाहरण रहेको उहाँले स्मरण गराउनु भयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह