प्रथम सदरमुकाम कप आरूखर्कलाई

  • त्रिशूली प्रवाह
  • २५ मंसिर २०७९, आईतवार १०:५७
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर–६ धुन्चेमा मंसिर १३ गतेदेखि १७ गतेसम्म सञ्चालित प्रथम सदरमुकाम भलिवल कप प्रतियोगितामा नौकुण्ड गाउँपालिकाको आरूखर्क टिमले हात पारेको छ ।

धुन्चेबजार क्लबले आयोजना गरेको उक्त सदरमुकाम कप ५ दिनसम्म सञ्चालन भएको थियोे । उक्त प्रतियोगितामा जिल्लाभरबाट ९ टिमको सहभागिता रहेको थियो । ८ टिमलाई पछि पार्दै आरूखर्क टिम विजयी भएको हो । यस्तै द्धितिय स्थान हाईल्याण्ड मा.वि. र तृतीय स्थान सुनौलो बिहानी युवा क्लब भएका थिए । प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार नगदसहित ट्रफि र प्रमाणपत्र, द्धितिय हुनेलाई १५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र र तृतिय हुनेलाई सात हजार नगदसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । खेलले नयाँ खेलाडीको हौसल्ला बढाउँदै प्रोत्साहन गर्ने अपेक्षा राखिएको धुन्चेबजार क्लबका अध्यक्ष सुरेश थोक्राले जानकारी दिनुभयो ।