+
Search

ताजा अपडेट +

पपुलर +

होटल तथा पर्यटन ब्यवसायी संघको पुनः गजुरेल

त्रिशूली प्रवाह
२ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, होटल तथा पर्यटन ब्यवसायी संघ रसुवाको अध्यक्षमा पुनः निशान गजुरेल सर्वसम्वत् चयन भएका छन् ।

      शनिवार सदरमुकाम धुन्चेमा सम्पन्न भएको संघको साधारणसभा तथा कार्य समितिको बैठकले नयाँ कार्यसमितिको अध्यक्षमा गजुरेललाई पुनः चयन गरेको हो । गजुरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । उक्त कार्यसमितिको उपाध्यक्षमा धनकुमारी तामाङ, सचिवमा फुर्पुसिङ्गी तामाङ, सहसचिवमा बिशाल घले र कोषाध्यक्षमा बुद्धलक्ष्मी तामाङ रहेका छन् । सदस्यमा छबिलाल पौडेल, सन्तोष घले, सञ्जिव उप्रेती, छेतेन ग्याल्बो तामाङ, पवित्रा भट्ट, सुनिता तामाङ रहेका छन् । जिल्लाको पर्यटन यवसायको विकास, बिस्तार र प्रर्वद्धनमा नवनिर्वाचित कार्यसमितिले ११ सदस्यीय टोलीले पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले गर्नुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह