+
Search

ताजा अपडेट +

पपुलर +

दुई विद्यालयका विद्यार्थीलाई राष्ट्रिय सेवा दल तालिम

त्रिशूली प्रवाह
३ साल अगाडी

धुन्चे, रसुवा जिल्लामा रहेको हाईल्याण्ड आबासीय मा.वि. धुन्चे र निलकण्ठ नमुना मा.वि. जिवजिवेका दुई विद्यालयका ७२ जना विद्यार्थीलाई राष्ट्रिय सेवा दल अन्तरगतको तालिम प्रदान गरिएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको विष्णु दल गणद्वारा दुई विद्यालयका छात्र १८, छात्रा १८ गरी कुल ७२ जना विद्यार्थीलाई तालिमको माध्यमबाट प्रदान गरिएको ज्ञान सिपले पढाईमा निखरता ल्याई प्रकृति प्रकोपबाट हुन सक्ने जोखिमको उद्दार कार्यमा समेत अग्रसर हुने क्षमताको विकास गर्ने उद्देश्यले तालिम प्रदान गरिएको आयोजकले जानकारी दिएको छ । सि.सं ४६ अन्तरगतको उक्त तालिम गत साउन १ गतेबाट नेपाली सेनाले विद्यालयस्तरबाट शुरू गरेको थियो । विद्यार्थीलाई जुनियर डिभिजन तालिम सम्पन्न भई क्षेत्रियस्तरको तालिम समेत लिन दुई विद्यालयका विद्यार्थी चितवन गईसकेका छन् । तालिमको माध्यमबाट छात्रछात्राले खुकुरी ड्रिल, मार्सपिटी, तेकवान्दो, लुक्ने छिप्ने कला, नक्साको अध्यायन, कवाज, नृत्य, दौड जस्ता विविध विषयको समेत ज्ञान तथा क्षमताको बृद्धि विकासमा ठूलो टेवा पुगेको छ ।

ग्रामीण भेगमा अवस्थित जिवजिवे माविका छात्रछात्रालाई सेनाले प्रदान गरेको राष्ट्रिय सेवादलको तालिमले स्थानीय अभिभावक पेम्बाछिरिङ तामाङले खुशी ब्यक्त गरेका छन् । यस्ता खाले तालिमको निरन्तरता दिन समेत विद्यार्थीको माग रहेको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज अन्तर्गत रसुवा, नुवाकोट र सिन्धुपाल्चोक क्षेत्रका हिमाली वन जङ्गलको जैविक विविधता संरक्षणमा कार्यरत विष्णु दलगणले तालिम प्रदान गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह