तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २५ मंसिर २०७९, आईतवार ११:०४
Buddha Eyes

सतिले सरापेको देश शक्ति हुनेले जे गर्दा पनि छुट ! शैक्षिक, आर्थिक, भौतिकरूपमा सम्पन्न हुँदै गरेको जिल्लाकै जेठो क्याम्पसमा धमिरा सल्केपछि संस्थापक अध्यक्ष बसन्त ‘बा’ को निद्हराम ! अदृश्य शक्तिको आँडमा अनधिकृत ब्यक्तिले क्याम्पसको हाली-मुहाली गरिरहँदा पनि दल, नेता प्रशासक, जनप्रतिनिधीहरू विचारा भन्ने कि निरीह ! क्याम्पसको अबैध सञ्चालक समितिलाई उक्साउँदै बिचौलिया लामिछाने वकिल सरले क्याम्पसलाई दुहुनो गाई बनाएपछि लाखौं स्वाहा ! कानुनको छिद्र खोज्दै प्वाल टाल्न वकिल सरले जिम्मा लिएपछि मुद्दा लम्बिंदै, आर्थिक दोहनले क्याम्पसको अवस्था टाँट पल्टिने चिन्तामा प्राध्यापक संघ !