चोलाङपाटीमा रेडपाण्डा भेटियो

  • त्रिशूली प्रवाह
  • २५ मंसिर २०७९, आईतवार ११:०७
  • सरस्वती न्यौपाने

धुन्चे, समुन्द्री सतहदेखि करिव ३ हजार मिटर माथि रहेको रसुवा जिल्लाको प्रमुख पर्यटकीयस्थल गोसाइँकुण्ड जाने मार्गमा पर्ने चोलाङपाटीमा रेडपाण्डा भेटिएको छ ।

लामटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेना विष्णुदल गणको नियमित गस्ती गर्ने क्रममा रेडपाण्डा भेटिएको हो । यस क्षेत्रमा अन्य चौपाय तथा मानव वस्ती नभएका कारण फाट्टफुट्ट रेडपाण्डा देखिन थालेको निकुञ्जले जनाएको छ । सन् १९८७ मा वन्यजन्तु विज्ञ डा.प्रह्लाद योञ्जनको टिमले अध्ययन गर्दा चन्दनबारी तथा चोलाङपाटीमा रेडपाण्डा पाईने ठाउँ भनेर पत्ता लगाउनुभएको थियो । लजालु स्वभाव रहेको रेडपाण्डाले रातको समयमा रूखको टोडकोमा बास बस्ने र दिउँसोको लागि रूखका हांगामा बस्ने र भोजनका लागि निगालोको टुसा र जङ्गलमा पलाएको झार भुईमा झर्ने र अरू बेला रूखको हागामा बस्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो । हिमाली क्षेत्रको प्राकृतिक छटा अवलोकन गर्दै बौद्ध तथा हिन्दु धर्मावलम्बीले गोसाइँकुण्ड जाँदै गर्दा रेडपाण्डाको समेत अवलोकन गर्न सकिने बताईएको छ ।