बौद्धिक अपाङ्गता अभिभावकको अध्यक्षमा श्रेष्ठ

  • त्रिशूली प्रवाह
  • २९ मंसिर २०७९, बिहीबार १२:२७

विदुर, बौद्धिक अपाङ्गता अभिभावक सङ्घ नुवाकोटको १७औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा पूर्णलाल श्रेष्ठ मंगलबार निर्विरोध चयन भएका छन् ।

सङ्घको नयाँ कार्यसमितिको कोषाध्यक्षमा सरिता थापा पुडासैनी, सचिवमा निता आचार्य र सदस्यमा केशव अधिकारी, रामबाबु श्रेष्ठ, माया माझी र जमुना प्याकुरेल रिमाल चयन भएका छन् । निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीलाई विदुर नगरपालिका-५ का वडाध्यक्ष लीलानाथ न्यौपानेले खादा लगाइदिएका थिए । सो अवसरमा वडाध्यक्ष न्यौपानेले सङ्घको सुपरिवेक्षणमा रहेको बौद्धिक प्रारम्भिक विद्यालय (बौद्धिक अपाङ्गता दिवा हेरचाह केन्द्र) सञ्चालनका लागि नीतिगत कार्यक्रम ल्याउने प्रतिबद्धता समेत जनाए ।