विदुर, नुवाकोट जिल्लाको विदुर नगरपालिका-१ मा रहेको श्यामलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि.को २७औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
साधारणसभाले तेजबहादुर प्याकुरेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गणेशबहादुर शाही, सचिवमा सबिन राजभण्डारी, कोषाध्यक्षमा नारायणकुमार डङ्गोल र सदस्यमा आत्माकुमार शाह, मुरलीप्रसाद थपलिया र मुकुन्दप्रसाद ढुङ्गाना रहेका छन् । सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा रामेश्वर अर्याल र सदस्यमा पशुपति पुडासैनी, रामकुमार बोगटी रहेका छन् । ०५२ सालमा स्थापना भई ०५८ सालदेखि सञ्चालनमा आएको श्यामलेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको २७ वर्षको दौरानमा एक सय ४३ सेयर र सदस्य एक करोड ६० लाख ७७ हजार एक सय सेयरपुँजी पुगेको छ । साधारणसभाले यस वर्ष दुई करोड सेयरपुँजी पु¥याउने निर्णय गरेको छ । साधारणसभामा अध्यक्ष विष्णुप्रसाद लम्सालले प्रस्तुत गरेको सञ्चालक समितिको प्रतिवेदन, कोषाध्यक्ष रामकृष्ण राजभण्डारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक नारायणकुमार डङ्गोलले प्रस्तुत गरेको लेखा परीक्षण प्रतिवेदन विस्तृत छलफल गरी पारित भएको छ । सहकारीले गत आ.व. ०७८/७९ मा तीन करोड ७९ लाख दुई हजार एक सय ८४ कर्जा लगानी गरी चार करोड ५५ लाख २२ हजार ९३ असुली गरेको छ । लगानी भएको रकममा गत आ.व. ०७७/७८ को पाँच करोड ३९ लाख ९० हजार तीन सय ९८ रुपैयाँसमेत रहेको छ ।






प्रतिक्रिया