+
Search

ताजा अपडेट +

पपुलर +

बट्टार सहकारीको २७औँ साधारणसभा सम्पन्न

त्रिशूली प्रवाह
३ साल अगाडी

बट्टार, नुवाकोट जिल्लाको केन्द्रबिन्दु बट्टारबजारमा रहेको जिल्लाकै अब्बल सहकारीमध्येको बट्टार सहकारी संस्था लि.को २७औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

विदुर नगरपालिका-४ मा रहेको आफ्नै सुविधासम्पन्न भवनबाट कार्यालय सञ्चालन गरिरहेको सहकारीले साधारणसभाको अवसरमा ज्येष्ठ सेयर सदस्य, पूर्वअध्यक्ष, पूर्वसञ्चालकलाई सम्मानपत्र, नगद र दोसल्लासहित सम्मान गरेको छ । संस्थाका अध्यक्ष ओमप्रकाश श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले ज्येष्ठ सेयर सदस्य सम्मानबाट तिलकबहादुर लवट श्रेष्ठलाई, पूर्वअध्यक्षको तर्फबाट विजयमानसिंह डङ्गोल, पूर्वसञ्चालकको तर्फबाट कृष्णलाल श्रेष्ठ र रामबहादुर प्रधान, पूर्वकर्मचारी विश्वम्भरमानसिंह डङ्गोल र कार्यरत कर्मचारीबाट संस्थाका सहव्यवस्थापक विकास अर्याललाई सम्मान गरेका थिए । संस्थाका अध्यक्ष श्रेष्ठले आ.व. ०७८/७९ को आय-व्यय वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष टलकमान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रममा संस्थाका ऋण संयोजक मोहनबहादुर अर्यालले ऋण प्रतिवेदन तथा व्यवस्थापक हरिप्रसाद जोशीले ०७९/८० को अनुमानित कार्यक्रम बजेट पेस गरेका थिए ।

सहकारीको आ.व. ०७८/७९ को सेयर सदस्य सङ्ख्या एक हजार आठ सय १५ जना, कुल सेयरपुँजी पाँच करोड ४१ लाख ९८ हजार ६ सय, निक्षेप बाँकी ४१ करोड २० लाख ८१ हजार नौ सय ७२ रुपैयाँ र ऋण लगानी ३३ करोड १२ लाख ७६ हजार ६ सय ७३ रुपैयाँ रहेको संस्थाका व्यवस्थापकले सो अवसरमा जानकारी गराए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह