तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २९ मंसिर २०७९, बिहीबार १२:४९
Buddha Eyes

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएर सरकार बनाउन सकस ! नुवाकोटको जेठो क्याम्पसमा भने सरकारको भावी शिक्षामन्त्री घोषणा गर्दै ‘मनको लड्डु घिउसँग’ भन्ने उखान चरितार्थ पार्दै ! कथित ज्ञानेन्द्र प्रवृत्तिका सञ्चालक समितिका पदाधिकारी आर्थिक र बेथितिको चास्नीमा रमाउँदै ! क्याम्पसलाई विधि र पद्धतिमा हिँडाउन नचाहने समूहको कब्जा गर्ने नीतिले त्रिविको आंगिक क्याम्पस ध्वस्त ! सरकार बनेपछि क्याम्पस प्रमुख फेर्ने तयारीमा कथित सञ्चालक समिति सक्रिय भएपछि प्राध्यापक पढाउन छोडेर शक्तिकेन्द्रमा दौडधुप ! बढुवा भइसकेका प्राध्यापकलाई विगतमा घटुवा गर्ने क्याम्पस प्रशासनबाट केचाहिँ गर्न बाँकी छ र भन्दै संस्थापक अध्यक्ष वसन्त बाले अदालतको ढोका ढकढक्याउँदा काङ्ग्रेस वृत्तमै हलचल !