+
Search

ताजा अपडेट +

पपुलर +

चार पत्रकार सम्मानित

चार पत्रकार सम्मानित
त्रिशूली प्रवाह
३ साल अगाडी
  • सुनिल श्रेष्ठ

विदुर, नुवाकोट जिल्लाका चार पत्रकार सम्मानित भएका छन् । नेपाल पत्रकार महासङ्घ नुवाकोटको ११औँ साधारणसभाको अवसरमा सोमबार पत्रकार दिनेश आचार्य, राजकृष्ण श्रेष्ठ, श्रीराम अधिकारी र संगीता पनेरू सम्मानित भएका छन् । सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले चारजना पत्रकारलाई सम्मान गरेका थिए ।

Satkar Machinery Center
Utsuk Books & Stationery

पत्रकार आचार्य ०५४ सालमा नेपाल वाणी साप्ताहिकको समाचारदाताको रूपमा पत्रकारिता क्षेत्रमा प्रवेश गरेर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको आबद्धतासँगै हाल नेपालको आर्थिक पत्रकारितामा उदाहरणीय मानिने सेयरबजार साप्ताहिकको सम्पादकका रूपमा कार्यरत रहेका छन् । उनलाई प्रमुख अतिथि पोखरेलले दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरी दीर्घसेवा सम्मानले सम्मानित गरेका थिए । सोही अवसरमा पत्रकार मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुर टेलिभिजनका जिल्ला प्रतिनिधि राजकृष्ण श्रेष्ठ, पत्रकार रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट नुवाकोट एफएमका स्टेसन म्यानेजर श्रीराम अधिकारी र महिला पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिका दैनिकका संवाददाता संगीता पनेरू पुरस्कृत भएकी छिन् ।

Suzuki New Bike & Scooter

पत्रकार श्रेष्ठ ०६० सालदेखि कान्तिपुर टेलिभिजनको जिल्ला प्रतिनिधिको रूपमा कार्य गर्दै आइरहेका छन् । पत्रकार अधिकारी दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो सगरमाथामा ०५२ सालमा स्वयम्सेवीका रूपमा पत्रकारिता क्षेत्रमा प्रवेश गरी ०६४ सालमा नुवाकोट जिल्लामा पहिलोपटक एफएम रेडियो स्थापना गरेर स्टेसन म्यानेजरको रूपमा कार्य गर्दै आइरहेका छन् । पत्रकार पनेरू ०६९ सालमा हिमाल एफएम सोलुखुम्बुबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरी विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा कार्य गरी नयाँ पत्रिकामा संवाददाताको रूपमा कार्य गर्दै आइरहेकी छिन् । पुरस्कृत तीनवटै पुरस्कारको राशि ११ हजार एक सय ११ रुपैयाँ रहेको छ । पत्रकार मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कारको राशि सौजन्य डबलीखबर डटकमले गरेको छ । यस्तै, विन्ध्याबासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पत्रकार रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कार र नुवाकोट पुकार साप्ताहिकले महिला पत्रकारिता पुरस्कारको सौजन्य गरेको थियो । पत्रकार महासङ्घ नुवाकोटले ०७५ सालबाट नुवाकोटमा क्रियाशील पत्रकारलाई सम्मान र पुरस्कृत गर्दै आइरहेको जिल्ला अध्यक्ष कपिलदेव खनालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह