+
Search

ताजा अपडेट +

पपुलर +

प्याब्सन हाजिरीजवाफमा युनिभर्सल विजयी

त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटले आयोजना गरेको जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितामा युनिभर्सल बोर्डिङ स्कुल प्रथम भएको छ । आइतबार भएको सो प्रतियोगितामा १५ विद्यालयको सहभागिता रहेको थियो ।

प्याब्सन नुवाकोटको अध्यक्ष ताराबहादुर कार्कीले दिएको जानकारीअनुसार प्रतियोगितामा शान्तिकुञ्ज एकेडेमी द्वितीय, जालपादेवी बोर्डिङ स्कुल तृतीय र नुवाकोट ग्लोरी इङ्ग्लिस बोर्डिङ स्कुल सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन् । विजयीले नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् । सुभेनियर बोर्डिङ स्कुलमा भएको प्रतियोगितामा सहभागी विद्यालयबाट तीन-तीनजना विद्यार्थीको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा तीन चरणमा गरिएको क्विज मास्टर मोहम्मद जयाले जानकारी दिए । सो प्रतियोगितामा पहिलो चरणबाट आठ समूह, दोस्रो चरणमा र दोस्रो चरणबाट चार समूह गरी फाइनलमा प्रवेश गरेका थिए । फाइनल चरणमा श्रव्यदृश्य सामग्रीसहितको प्रश्नोत्तरी गरिएको थियो । प्याब्सनको वार्षिक कार्यक्रमअन्तर्गत तय भएको अतिरिक्त क्रियाकलापमा यस महिना हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह