विदुर, कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासङ्घ बागमती प्रदेश समितिको अध्यक्षमा पुष्पराज पुडासैनी निर्विरोध निर्वाचित भएका छन् । शनिबार नुवाकोट जिल्लाको विदुरमा भएको महासङ्घको तेस्रो अधिवेशनबाट पुडासैनी निर्विरोध अध्यक्षमा निर्वाचित भएको निर्वाचन समिति संयोजक नवदीप श्रेष्ठले जानकारी दिए ।
महासङ्घको उपाध्यक्षमा सन्तोषजनक भुसाल, सचिवमा किरण श्रेष्ठ, कोषाध्यक्षमा विकास पन्त र सदस्यमा तिलक सिंखडा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीलाई महासङ्घका केन्द्रीय उपाध्यक्ष रञ्जितकुमार पोदार र निर्वाचन संयोजक श्रेष्ठले टीका र खादा लगाएर शपथग्रहण गराएका थिए । महासङ्घको छैटौँ साधारणसभालाई उद्घाटन गर्दै विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले नगरपालिकालाई स्मार्ट पालिकाको रूपमा अघि बढाउन क्यान महासङ्घ नुवाकोटसँग हातेमालो गर्ने बताए । नागरिक सुसूचितका लागि नगरपालिकाले वेबसाइट र सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गर्दै आइरहेकोसमेत उनले बताए