शुलक्षणा सहकारीको अध्यक्षमा अधिकारी चयन

  • त्रिशूली प्रवाह
  • २९ मंसिर २०७९, बिहीबार १३:११

कोलनी, नुवाकोट जिल्लाको विदुर नगरपालिका-९ बाघबगैँचा कोलनीमा कार्यालय सञ्चालन गरिरहेको शुलक्षणा बहुउद्देश्यीय सहकारी संस्था लि. को छैटौँ कार्यसमितिको निर्वाचन तथा २०औँ वार्षिक साधारणसभा शनिबार सिलट्याङ्कीमा वनभोजसहित सम्पन्न भएको छ । उक्त साधारणसभाले सहकारीको नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।

साधारणसभाले सहकारीको सञ्चालक समितिको अध्यक्षमा शिवप्रसाद अधिकारीलाई सर्वसम्मत चयन गरेको हो । उक्त सभाले कार्यसमितिको उपाध्यक्षमा पूर्णलाल श्रेष्ठ, सचिवमा हरिप्रसाद अधिकारी, कोषाध्यक्षमा जितेन्द्रमान श्रेष्ठ र सदस्यमा जीवनबहादुर श्रेष्ठ, सुवास अमात्य र सुशील बज्राचार्यलाई चयन गरेको छ । सहकारीको सेयरपुँजी आ.व. ०७७/७८ मा ५१ लाख ४० हजार आठ सय रहेकोमा गत आ.व. ०७८/७९ मा वृद्धि भई ५५ लाख ९९ हजार दुई सय पु¥याइएको निवर्तमान अध्यक्ष मोहनबहादुर श्रेष्ठले साधारणसभामा जानकारी दिए । सहकारीको निक्षेप भने आ.व. ०७७/७८ मा सात करोड ७३ लाख ४६ हजार चार सय ७६ रहेकोमा आ.व. ०७८/७९ मा सात करोड २४ लाख ८१ हजार सात सय ६६ रुपैयाँ रहेको छ । आ.व. ०७७/७८ मा भन्दा आ.व. ०७८/७९ मा निक्षेप सङ्कलन घटेको प्रतिवेदनमा उल्लेख छ ।