+
Search

ताजा अपडेट +

पपुलर +

माविस्तरीय विज्ञान प्रदर्शनीमा नमुना एभरग्रिन प्रथम

त्रिशूली प्रवाह
३ साल अगाडी

धुन्चे, रसुवा जिल्लो पाँच गाउँपालिकाभित्रका माध्यमिक विद्यालयस्तरीय विज्ञान प्रदर्शनी पुस ५ गते सम्पन्न भएको छ । सदरमुकाम धुन्चेमा रहेको रसुवा माविको प्राङ्गणमा भएको प्रदर्शनीमा गोसाइँकुण्ड गाउँपालिकाको नमुना एभरग्रिन मावि प्रथम भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

विज्ञान प्रदर्शनीमा संस्कारको विकास गर्दै खोज तथा अनुसन्धानमा लागेका विद्यार्थीलाई प्रोत्साहन तथा वैज्ञानिक चेतना अभिवृद्धिका लागि माध्यमिक विद्यालयस्तरीय विज्ञान प्रदर्शन गरिएको शिक्षा विकास तथा समन्वय इकाइ रसुवाका प्रमुख रमाकान्त अर्यालले बताए । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्र शिक्षा विकास तथा समन्वय इकाइ धुन्चेको आयोजनामा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय हेटौँडा मकवानपुरको सहयोगमा सञ्चालन भएको प्रदर्शनीमा द्वितीय हुनेमा कालिका गाउँपालिकाको कालिका हिमालयन मावि, तृतीय हुनेमा आमाछोदिङ्मो गाउँपालिकाको पार्वतीकुण्ड मावि र सान्त्वना हुने नौकुण्ड गाउँपालिकाको गोसाइँकुण्ड मावि रहेको छ । प्रथमलाई पाँच हजार नगद, द्वितीयलाई तीन हजार तृतीयलाई दुई हजार र सान्त्वनालाई एक हजार रुपैयाँ २५ प्रतिशत करकट्टीसहित नगद र प्रमाणपत्र वितरण गरिएको थियो ।

Suzuki New Bike & Scooter

प्रदर्शनीको समापन कार्यक्रममा जिल्ला समन्वय प्रमुख अशोक घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेल, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख रमाकान्त अर्याल, रसुवा माविका प्रअ तेम्पारिसाङ घले, शिक्षक, विद्यार्थी तथा विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह