तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ७ पुष २०७९, बिहीबार १३:४७
Buddha Eyes

निर्वाचन महङ्गो भो भन्नेहरूलाई झापड दिने गरी प्रतिनिधिसभा र प्रदेश सभातर्फका नुवाकोटका उम्मेदवारले गरेको खर्चको विवरण सार्वजनिक ! निर्वाचन महङ्गो भो भनेर टिकट लिन डराउनेहरूलाई यसपटकका उम्मेदवारले जिल्याइदिएका छन् । निर्वाचनले तोकेको खर्च पनि उम्मेदवारले गरेनन् । उम्मेदवारले खर्च नगर्दा निर्वाचनपछि बजारमा आर्थिक तरलता कम हुने अर्थका विज्ञको रिपोर्ट नै झुटो ! निर्वाचन आयोगले तोकेको २८/३० लाखको आधा मात्र खर्च गरेर चुनाव जितेका र पराजित नेताहरू निर्वाचनमा उठाइएको नगद तह लगाउन व्यस्त ! गठबन्धन भएपछि खर्च नगरी चुनाव जित्ने भन्दै कोही नगद जम्मा गर्न थाले भने कोही गठबन्धनसँग निर्वाचनमा पराजित हुने भएपछि किन खर्च गर्ने भन्दै जोगाउन व्यस्त रहँदा व्यवसायी ट्वाँ !