+
Search

ताजा अपडेट +

पपुलर +

बागमती प्रदेश सभाको अध्यक्षता ढुंगानाले गर्ने

त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, बागमती प्रदेश सभाको नयाँ अधिवेशन सञ्चालनको जिम्मेवारी नुवाकोट प्रतिनिधिसभा क्षेत्र नं. २ प्रदेश सभा (क) बाट निर्वाचित प्रदेश सभा सदस्य रामप्रसाद ढुंगानाले पाएका छन् । उनले प्रदेश सभाको सदस्यलाई शपथसमेत गराउनेछन् ।

नेकपा माओवादी केन्द्रका सांसद ढुंगाना निर्वाचन आयोगले प्रदेश सभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार उनको उमेर ७२ वर्ष पुगेको छ । प्रदेश सभाका एक सय १० सांसदमध्ये ज्येष्ठ सदस्यका आधारमा ढुंगानालाई प्रदेश प्रमुखले शपथ गराउनेछन् । त्यसपछि बाँकी सांसदलाई ढुंगानाले शपथ गराएपछि आगामी अधिवेशनको सुरुवात हुनेछ । प्रदेश सभाको पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ को दफा १९ मा प्रदेश सभा सदस्यले प्रदेश सभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रदेश सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । प्रदेश सभाको पहिलो बैठकबाट मुख्यमन्त्रीको निर्वाचन प्रक्रिया अघि बढ्छ ।

संविधानको धारा १८२ को उपधारा ५ मा प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रदेश सभा बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार ढुंगानाले पहिलो बैठकको अध्यक्षता गर्ने भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह