+
Search

ताजा अपडेट +

पपुलर +

रसुवाका पत्रकारलाई क्षमता अभिवृद्धि तालिम

त्रिशूली प्रवाह
३ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, नेपाल पत्रकार महासङ्घ रसुवा शाखाको सहकार्यमा सूचना तथा प्रसारण विभागले दुर्गम क्षेत्र रसुवाका क्रियाशील पत्रकारलाई तीनदिने क्षमता अभिवृद्धि तालिम पुस १ गते सम्पन्न भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

मङ्सिर २८ देखि पुस १ गतेसम्म सञ्चालन भएको तालिममा जिल्लाबाट रिपोर्टिङ गरिरहेका छापा, अनलाइन, टिभी, रेडियोकर्मीलाई पुनर्ताजगी गराउन रिपोर्टिङ कसरी गर्ने, कस्ताखाले समाचार बनाउने, अन्तर्वार्ता, फिचर कसरी लेख्ने, पत्रकारले के गर्ने के नगर्ने भन्ने विषयमा प्रशिक्षक डा. विजयप्रसाद मिश्रले जानकारी दिएका थिए । ‘तालिमको साथै रसुवामा कार्यरत पत्रकारको सहजताका लागि प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण तथा अनलाइन सञ्चारमाध्यम दर्तासम्बन्धी घुम्ती शिविरबाट प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गरिरहँदा काठमाडौं जाने-आउने झमेलालाई अन्त्य गरी जिल्लाबाट नै प्रेस पास वितरण भएको यो पहिलोपटक हुनुपर्छ,’ पत्रकार महासङ्घ रसुवाका अध्यक्ष केशव पौडेलले बताए ।

क्षमता अभिवृद्धि तालिमले पत्रकारले थप सिकाइ सिक्दै र आगामी दिनमा पनि तालिम प्रदान गरिने र सिकेका कुराले थप ऊर्जा प्रदान हुने सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतमले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह