+
Search

ताजा अपडेट +

पपुलर +

मेरो माइक्रोको वित्तीय साक्षरता कार्यक्रम

मेरो माइक्रोको वित्तीय साक्षरता कार्यक्रम
त्रिशूली प्रवाह
३ साल अगाडी

बट्टार, नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शाखा कार्यालयअन्तर्गतका संस्थामा आबद्ध समूह सदस्यलाई एकदिने केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सातै प्रदेशका ११ वटा शाखा कार्यालयमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो

Utsuk Books & Stationery
Satkar Machinery Center

कार्यक्रममा केन्द्रीय कार्यालयका प्रतिनिधिले संस्थाको परिचय, संस्थाले प्रदान गर्दै आएको सेवा, सुविधामा उठेका जिज्ञासाको समाधान गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु कार्यक्रमको उद्देश्य रहेको बताए । संस्थाले कर्जातर्फ बिनाधितो, सामूहिक जमानी कर्जा र धितो कर्जाअन्तर्गत विभिन्न किसिमका कर्जा सेवाका साथै बिमा र रेमिट्यान्स सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले आफ्ना ग्राहकको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बंैकिङलगायतका सेवा प्रदान गरिरहेको छ । फाइनान्सले देशका गणनीय सातवटा वाणिज्य बैंक र एउटा विकास बैंकबाट संयुक्त रूपमा प्रवद्र्धन गरी देशको ६४ जिल्लामा एक सय ४९ शाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह