विदुर, नुवाकोट जिल्लाको ऐतिहासिक, धार्मिक सम्पदा रहेको विदुर नगरपालिका-२ को दरबार क्षेत्रको आइतबार पुरातत्व विभागको उपमहानिर्देशकसहितको टोलीले मेयर राजन श्रेष्ठको अगुवाइमा अनुगमन निरीक्षण गरेको छ । विदुर नगरपालिकाका मेयरसहित वडा नम्बर २ का वडासदस्यलगायत स्थानीयले पुरातत्व विभागका उपमहानिर्देशकसहितको प्राविधिक टोलीलाई स्वागत गर्दै ऐतिहासिक, धार्मिक सम्पदाको पुनर्निर्माण, संरक्षण र संवद्र्धनमा सहयोग गर्ने आग्रह गरेका थिए ।
वडा नं. २ को विशेष गरेर महामण्डल देवीस्थान, नुवाकोट दरबार क्षेत्र तथा दरबारपरिसर भैरवीदेवी मन्दिरसहित त्यस क्षेत्रका आसपासमा रहेका सम्पदाको निरीक्षण गर्दै स्थानीयसँग छलफलसमेत उपमहानिर्देशक रामबहादुर कुँवरको टोलीले गरेको थियो । यस क्षेत्रमा रहेको बौद्ध–विहार, चैत्य, हिटी (धारा)लगायतको अनुसन्धान अन्वेषण डिपिआर, गुरुयोजना तथा पुनर्निर्माण प्रबलीकरण एवम् संरक्षण र प्रवद्र्धनका लागि नगरपालिकाले सरोकारवालाको सल्लाह र सुझाव सङ्कलन गरिरहेको छ । नगरपालिकाले पुरातत्व विभागका उपमहानिर्देशक कुँवरसहितको विभागको प्राविधिक तथा योजना शाखाका प्राविधिकलाई स्थलमा लगेर जानकारी गराएको थियो । महत्वको आधारमा छनोट गरेर केही योजना छिट्टै कार्यान्वयन गर्ने उपमहानिर्देशक कुँवरले निरीक्षणको क्रममा प्रतिबद्धता जनाएको मेयर श्रेष्ठले त्रिशूली प्रवाह सापतहिकलाई जानकारी गराए । सरस्वती स्थानमा रहेको स्वयम्भूको डिपिआर तत्कालै सुरु गर्ने र त्यस क्षेत्रका बस्ती विकासलगायतका समग्र पक्षसँग विभागले अन्तत्र्रिmया गरेर प्राप्त सुझावका आधारमा योजना बनाउनेसमेत उपमहानिर्देशक कुँवरले बताए ।






प्रतिक्रिया