+
Search

ताजा अपडेट +

पपुलर +

कर्मचारी सङ्गठनको दसैँ चिट्ठाको प्रथम पुरस्कार मोटरसाइकल कार्यालय सहयोगी कार्कीलाई

त्रिशूली प्रवाह
३ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, नेपाल निजामती कर्मचारी सङ्गठन रसुवाले विजयादशमी तथा शुभ-दीपावलीको अवसरमा खोलिएको चिट्ठा उपहार कार्यक्रम ०७९ अन्तर्गत प्रथम पुरस्कार मोटरसाइकल रसुवा जिल्लाको कालिका गाउँपालिका-४ का कार्यालय सहयोगी रविन कार्कीलाई परेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

सङ्गठनले प्रथम पुरस्कार परेका कार्कीलाई पुस ४ गते विशेष कार्यक्रमबीच मोटरसाइकलको साँचो केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले हस्तान्तरण गरे । उक्त प्रथम पुरस्कार हस्तान्तरण कार्यक्रममा केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, उपाध्यक्ष प्रभाषकुमार साह, केन्द्रीय अनुशासन आयोगका ललिककुमार महर्जन, केन्द्रीय उपसचिव कृष्णबहादुर केसी, सङ्गठन केन्द्रीय सचिव पुरुषोत्तम रायमाझी, नेकपा एमाले रसुवाका अध्यक्ष कर्णेल लामा, जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामा कोलेनिका, रसुवाका प्रमुख हेमराज पौडेल, स्वास्थ्यकर्मी सङ्घ रसुवाका अध्यक्ष विमल घिमिरेलगायतको उपस्थिति रहेको सङ्गठनका जिल्ला कार्यसमिति रसुवाका अध्यक्ष कैसाङढिण्डुप तामाङले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह