+
Search

ताजा अपडेट +

पपुलर +

बासकोट फाँट सिँचाइको अध्यक्षमा आचार्य

त्रिशूली प्रवाह
२ साल अगाडी

तुप्चे, विदुर नगरपालिका-७ तुप्चेमा रहेको बासकोट फाँट सिँचाइ उपभोक्ता समितिको आठौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

कार्यसमितिको अध्यक्षमा होमनाथ आचार्य, उपाध्यक्षमा दावा तामाङ, सचिवमा कुमार सापकोटा, कोषाध्यक्षमा करिना नेपाल, सहसचिवमा वैकुण्ठ रिजाल र सदस्यमा रामप्रसाद अधिकारी, रामकृष्ण सापकोटा, भवानी नेपाल, भगवान अधिकारी, शिवबहादुर भुजेल, रामबहादुर सापकोटा रहेका छन् । विदुर नगरपालिका-७ का अध्यक्ष रवीन्द्र नेपालको प्रमुख आतिथ्यतामा उपभोक्ताको भेलाले कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको पहिलो बैठकले बासकोट फाँट सिँचाइ उपभोक्ता संस्थालाई आजको यो अवस्थासम्म ल्याउन लागिपर्नुहुने पूर्वकार्यसमिति तथा पदाधिकारी र सङ्घ-संस्थालाई धन्यवादसहित आभार व्यक्त गर्ने निर्णय गरेको नवनिर्वाचित सचिव कुमार सापकोटाले जानकारी दिए । संलाखु खोलाको पानीलाई दुईवटा कुलोमार्फत उपभोक्ता समितिले तुप्चे-सोलेदेखि अक्करेसम्मका फाँटलाई सिँचाइ सुविधा पु¥याएको छ । नुवाकोट जिल्लाको प्रमुख खेतीयोग्य फाँटमध्येको तुप्चे फाँट रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह