+
Search

ताजा अपडेट +

पपुलर +

आदर्श सहकारीको अध्यक्षमा बुद्धिलाल चयन

आदर्श सहकारीको अध्यक्षमा बुद्धिलाल चयन
त्रिशूली प्रवाह
२ साल अगाडी

कोलनी, विदुर नगरपालिका-९ कोलनीमा कार्यालय सञ्चालन भएको आदर्श बहुउद्देश्यीय सहकारी संस्था लि. को १५औँ वार्षिक साधारणसभा गत हप्ता सम्पन्न भएको छ । उक्त साधारणसभाले सहकारीको नयाँ सञ्चालन समिति चयन गरेको छ ।

नौ सदस्यीय नयाँ कार्यसमितिको अध्यक्षमा बुद्धिलाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उक्त नयाँ कार्यसमितिको उपाध्यक्षमा रामचन्द्र भण्डारी, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ, सचिवमा राजनप्रसाद प्याकुरेल र सदस्यमा बाबुकाजी श्रेष्ठ, नवराज भट्ट, बिजेस श्रेष्ठ, अच्युतप्रसाद न्यौपाने, सुशीला वाइबा तामाङ रहेको निवर्तमान अध्यक्ष कृष्णप्रसाद रिमालले जानकारी दिए । सहकारीको सेयर सदस्य चार सय ६१ पुरुष र तीन सय ३१ महिला रहेका छन् । एक करोड ४९ लाख ३४ हजार सात सय सेयरपुँजी रहेको सहकारीले गत आ.व. ०७८/७९ मा नौ करोड ५३ लाख एक हजार तीन सय ४३ रुपैयाँ बचत सङ्कलन गरेको थियो । सहकारीले आ.व. ०७७/७८ मा विभिन्न शीर्षकमा लगानी गरेका कुल कर्जा पाँच करोड १० लाख ७३ हजार नौ सय ८५ रहेको र आ.व. ०७८/७९ मा चार करोड ५६ लाख ६८ हजार कर्जासहित नौ करोड ६७ लाख ४१ हजार नौ सय ८५ मध्ये तीन करोड ८८ लाख ६१ हजार एक सय ४३ रुपैयाँ असुली भई पाँच करोड ७८ लाख ८० हजार आठ सय ४२ कर्जा असुली गर्न बाँकी रहेको कोषाध्यक्ष राजकुमार श्रेष्ठले साधारणसभामा जानकारी गराएका थिए । सहकारी २०६४ सालमा दर्ता भई नुवाकोट जिल्लाको साबिक कल्याणपुर, देउराली, चारघरे, खड्गभञ्ज्याङ, सामारी गाविस र विदुर नगरपालिकाभरि कार्यक्षेत्र रहेको छ । साधारणसभाले सहकारीको लेखा समिति रामशरण अर्याल संयोजक, धनबहादुर तामाङ र मैया तामाङ सदस्य चयन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह