धुन्चे, सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको रसुवाको सदरमुकाम धुन्चेमा २६३औँ शाखा गत हप्तादेखि सञ्चालनमा आएको छ
रसुवाको कृषि, पर्यटनलाई प्राथमिकतामा राखी असोजदेखि सदरमुकाम धुन्चेमा २६३औँ शाखाको सञ्चालनमा ल्याइए तापनि पुस ९ गते बागमती प्रदेश रसुवा जिल्ला प्रदेश सभा (ख) का सांसद इन्द्रप्रसाद गोतामेले विधिवत् रूपमा उद्घाटन गरेका थिए ।
राष्ट्रिय वाणिज्य बैंक अरूभन्दा फरक रहेको र कृषि, महिला उद्यमीलगायत साना-ठूला व्यापार-व्यवसायलाई सहजता ल्याउने बंैक भएकाले यस बैंकमा खाता खोल्न अनुरोध गरिएको छ । कालिकास्थानमा यसभन्दा अगाडि शाखा रहेको र सदरमुकाममा पनि शाखा हुनुपर्ने नियम भएकाले २६३औँ शाखाको रूपमा विधिवत् रूपमा स्थापना गरिएको शाखा प्रबन्धक हेमन्त सुवेदीले बताए । छिटो-छरितो सेवा दिने उद्देश्यले बैंक सञ्चालनमा ल्याइएको हो । ७७ वटै जिल्लाको सदरमुकाममा यस बंैकको शाखा रहेको छ । राष्ट्रिय वाणिज्य बैंक पूर्णरूपमा नेपाल सरकारको स्वामित्वमा रहेको शाखा प्रबन्धक सुवेदीले बताए ।
प्रतिक्रिया