तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १४ पुष २०७९, बिहीबार १३:०१
Buddha Eyes

अभागीलाई खाने बेला रिस उठ्छ भनेझैँ काङ्ग्रेसले मुखैमा आएको सत्ता गुमाएको छ । सत्ता मात्र काङ्ग्रेसको हातबाट गुमेन, नेताहरूको सपनासमेत चकनाचुर ! पुरानै गठबन्धन रहँदा नुवाकोटले प्रदेशको मुख्यमन्त्रीसहित सङ्घीय सरकारको महत्वपूर्ण जिम्मेवारी पाउने अवसर पनि स्वाहा ! अरूलाई भन्दा यो सरकार बनेकोमा नुवाकोटेको मन अमिलो ! प्रदेशको मुख्यमन्त्रीको बहादुर दाइलाई के सोचेँ मैले के भयो अहिले भइरा’छ । त्यस्तै, अर्जुन र प्रकाश दादाको घरमा एक हप्तादेखि सुरक्षाकर्मी राख्ने ठाउँको बन्दोबस्त र सफाइ तथा झन्डा राख्ने तयारी खेर जाँदा काङ्ग्रेसका नेता-कार्यकर्ताको अवस्था कन्तबिजोग !