+
Search

ताजा अपडेट +

पपुलर +

मिस त्रिशूलीको उपाधि मुस्कानले जितिन्

मिस त्रिशूलीको उपाधि मुस्कानले जितिन्
त्रिशूली प्रवाह
२ साल अगाडी

विदुर, नुवाकोट जिल्लाको ढुङ्गेमा सम्पन्न मिस त्रिशूलीको उपाधि मुस्कान बज्राचार्यले जितेकी छिन् । शनिबार याङ्ग्रा होटेलमा भएको प्रतियोगितामा विदुर नगरपालिका-१ त्रिशूलीकी बज्राचार्यले मिस त्रिशूलीको ताज हात पारेकी हुन् ।

आरबी क्राउन एन्ड मेनेजमेन्ट प्रा.लि.को आयोजनामा सम्पन्न प्रतियोगितामा भावना थापामगर द्वितीय र भूमिका थापामगर तृतीय भएकी छिन् । यस्तै, भिवर्स च्वाइस तथा मिस पपुलरमा उर्मिला तामाङ, मिस पर्सनालिटीमा डोल्मा तामाङ, मिस हेल्दी हेयरमा कविता पौडेल, मिस फोटोजेनिकमा रिमा तामाङ र मिस चार्मिङमा साइरन तामाङले उपाधि प्राप्त गरे । विजेतालाई विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले पुरस्कृत गरेकी थिइन् । प्रतियोगिताको निर्णायकमा कलाकार तथा सञ्चारकर्मी सुरजवीर बज्राचार्य, निर्मल तामाङ, कृतना खतिवडा र सचिन बोगटी रहेका थिए । प्रतियोगितामा मिस ललितपुर रिजा शाक्य र मिस नुवाकोट सुरुसा श्रेष्ठको उपस्थिति रहेको थियो । प्रतियोगितामा आठजना सुन्दरीको सहभागिता रहेको आयोजक रवीन्द्र बज्राचार्यले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह