तुप्चे-काठमाडौं समाजको अध्यक्षमा दीपेन्द्र

  • त्रिशूली प्रवाह
  • २१ पुष २०७९, बिहीबार १३:१५

काठमाडौं, १८ वर्षअघि नुवाकोट जिल्लाको साबिक तुप्चे गाविस हालको विदुर नगरपालिक-७ बाट काठमाडौंमा स्थायी अस्थायी बसोवास गर्नेहरूले खोलेको संस्था तुप्चे-काठमाडौं एकता समाजको शनिबार १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको उक्त समाजको साधारणसभा टोखा नगरपालिकाको भुतखेलमा लोकदोहरीसहितको वनभोज सम्पन्न भएको छ ।

साधारणसभाले ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संस्थाको अध्यक्षमा दीपेन्द्रराम भण्डारी, उपाध्यक्षमा सीताराम थापा, सचिवमा कृष्णबहादुर केसी, कोषाध्यक्षमा नीराजन अधिकारी र सदस्यमा रामहरि अधिकारी, फूलमाया तामाङ, होमबहादुर तामाङ, डा. अच्युत्तम लामिछाने, गोकर्णप्रसाद लामिछाने, सन्तबहादुर तामाङ, लालमाया तामाङ चयन भएको निर्वाचन कमिटीका संयोजक शालिकराम भण्डारीले जानकारी दिए । साधारणसभाको उद्घाटन विदुर नगरपालिका-७ का अध्यक्ष रवीन्द्र नेपालले गरेको कार्यक्रममा अध्यक्ष सोमप्रसाद भण्डारी, सचिव सीताराम थापा, कोषाध्यक्ष नीराजन अधिकारीले प्रस्तुत गरेको प्रतिवेदन छलफलसहित पारित भएको थियो । ०६२ मा स्थापना भएको समाजको नेतृत्व भरतकुमार खड्का, उज्ज्वलजंग ठकुरी र सोमप्रसाद भण्डारीले गरिसकेका छन् । १८औँ वार्षिक साधारणसभामा संस्थाका उपाध्यक्ष शरण उत्सुक सापकोटा, संस्थापक अध्यक्ष भरतकुमार खड्का, पूर्वअध्यक्ष उज्ज्वलजंग ठकुरी, विदुर नगरपालिका-७ का पूर्वअध्यक्ष महेन्द्रबहादुर तामाङ, संस्थापक डा. चेतनाथ अधिकारीलगायतले तुप्चेको आर्थिक, सामाजिक विकासका लागि एकता समाजले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए । संस्थाका निवर्तमान अध्यक्ष सोमप्रसाद भण्डारीले कार्यसमितिलाई बधाई दिँदै अध्यक्ष दीपेन्द्रराम भण्डारीलाई संस्थाको बैठक पुस्तिकासहित कागजजात हस्तान्तरण गरेका थिए ।