तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २१ पुष २०७९, बिहीबार १४:२२
Buddha Eyes

देशमा एउटा गठबन्धन फुट्नु अर्को गठबन्धन बन्नु बाध्यता भए पनि नुवाकोट सदरमुकाम क्षेत्रको सडकले नगरप्रमुखदेखि प्रशासक र विकासे अड्डाका प्रमुखलाई टालटुल गर्न केले छेकेर होला हरिबिजोग ! नगरभित्रको सडकको कन्तबिजोगले नगरका जनप्रतिनिधिलाई गिज्याइरहेको हो कि ? सत्ता गुमेको दोषजति अरूलाई भिराई चोखिने प्रतिस्पर्धा काङ्ग्रेसमा भएजस्तै गँगटेदेखि ढुङ्गे सडकको खाल्डा-खुल्डीको सास्ती मेयर, सडकका हाकिम, सडक योजनाका प्रमुख र जिल्लाको प्रशासकले चाल नपाउनु नगरवासीको दुर्भाग्य ! उहाँहरू चढ्ने गाडीलाई खाल्डा-खुल्डी भएन भने फुल अपसन प्रयोगमै नआउने भएर हो कि ? जिल्ला नै गिटी र बालुवा उत्खननले बदनामी भइरहँदा पनि दुई-तीन टिपर सडकमा नखन्याउनु जिल्ला समन्वय प्रमुख ठकुरी राजा सा’पका लागि टाउको दुखाइ !