सारथीको अध्यक्षमा रोक्का

  • त्रिशूली प्रवाह
  • २१ पुष २०७९, बिहीबार १५:३७

कोलनी, सारथी बचत तथा ऋण सहकारी संस्थाको दशौँ साधारणसभा तथा तेस्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले सहकारीको अध्यक्षमा पुनः गोकर्ण रोक्कालाई सर्वसम्मत निर्वाचित गरेको छ ।

अधिवेशनबाट यसअघिकै नेतृत्वलाई निरन्तता दिँदै आगमी चार वर्षको लागि नयाँ सञ्चालक समिति एवम् लेखासमिति समेत निर्विरोध निर्वाचित गरेको हो । नवनिर्वाचित उपाध्यक्षमा शान्ति गुरुङ, सचिवमा वासुदेव खड्का र कोषाध्यक्षमा राजकुमार नगरकोटी रहेका छन् । सदस्यमा सावित्री भट्ट बोगटी, मनीष श्रेष्ठ, सविन श्रेष्ठ, अम्बिका उप्रेती र अरुणिमा श्रेष्ठ रहेका छन् । यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा रवीन्द्र नेपाली र सदस्यमा जलबहादुर तामाङ र विकास रोक्का चयन भएका छन् । सहकारीको दशौँ साधारणसभामा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । साधारणसभामा ज्ञानकुञ्ज विद्यालयका विद्यार्थीले सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहकारीका अध्यक्ष गोकर्ण रोक्काले वार्षिक प्रतिवेदन तथा भावी योजना, कोषाध्यक्ष राजकुमार नगरकोटी र रवीन्द्र नेपालीले प्रस्तुत गरेको प्रतिवेदन साधारणसभाले छलफल गरी पारित गरेको थियो । सहकारीको आ.व. ०७८/७९ मा १ करोड ५० लाख ४३ हजार ६ सय सेयरपुँजी, १२ करोड ४० लाख १३ हजार सात सय ६२ बचत सङ्कलन र १२ करोड ९० लाख १६ हजार ६ सय ८० कर्जा लगानी रहेको जानकारी अध्यक्ष रोक्काले साधारणसभामा गराएका थिए ।