माछापालन तालिम सम्पन्न

  • त्रिशूली प्रवाह
  • २१ पुष २०७९, बिहीबार १५:४५
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-६ धुन्चेमा रहेको रेम्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रमा सञ्चालित कृषकस्तरीय एकहप्ते माछापालन तालिम सम्पन्न भएको छ ।

प्रदेशस्तरीय एकहप्ते कुषकस्तरीय माछापालन तालिममा रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, रामेछाप र दोलखाका १६ जना कृषकको सहभागिता रहेको थियो । पशुसेवा तालिम केन्द्रको आयोजनामा रेम्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्र धुन्चेको सहजीकरण र सहकार्यमा पुस ७ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको वरिष्ठ मत्स्य अनुसन्धान अधिकृत महेन्द्र भण्डारीले बताए । कृषि पेसालाई बढावा दिई माछापालन गरिरहेका कृषकलाई तालिम दिई थप माछा पालेर आम्दानी बढाई जीविकोपार्जनमा सहज बनाउन तालिम दिइएको बताइएको छ ।