माघ २७ देखि नुवाकोट महोत्सव

  • त्रिशूली प्रवाह
  • २८ पुष २०७९, बिहीबार १३:१६

विदुर, सातौँ नुवाकोट महोत्सव २०७९ माघ २७ देखि फागुन १० गतेसम्म हुने भएको छ । नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा महोत्सव विदुर नगरपालिका-५ पीपलटारमा हुन लागेको हो । यसअघि उद्योग वाणिज्य सङ्घले २०६३, २०६६, २०७०, २०७३, २०७४ र २०७६ मा महोत्सव सम्पन्न गरिसकेको छ । महोत्सवको तयारी गर्न सङ्घले विभिन्न उपसमिति बनाएर जिम्मेवारी बाँडफाँट गरिएको सङ्घका अध्यक्ष एवम् महोत्सवका संयोजक ताराबहादुर कार्कीले जानकारी दिए । महोत्सवको आयोजक जिल्लाका १२ वटै पालिका, जिल्ला समन्वय समिति रहेका छन् ।

जिल्लाको सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन, कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, क्षेत्रको विकास तथा सांस्कृतिक जागरण र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउँदै विगतदेखि महोत्सव गर्दै आएको संयोजक कार्कीले बताए । विभिन्न जातजाति, वर्ग र समुदायबीच सद्भाव एवम् भ्रातृत्व अभिवृद्धि गरी आर्थिक उत्पादनको दृष्टिले जिल्लाको समुन्नतिमा सङ्गठित रूपले प्रयत्नशील रहने लक्ष्य सङ्घले लिएको छ । जिल्लालाई औद्योगिक, व्यापारिक, कृषि तथा पर्यटकीय क्षेत्रको रूपमा विकसित गर्ने, स्थानीयस्तरबाट उत्पादित वस्तुको बजारीकरण र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, घरेलु उद्योगको प्रवद्र्धनमा टेवा पु¥याउने, घरेलु उत्पादन र कृषिलाई व्यावसायिक र आधुनिकीकरणतर्फ उन्मुख गराउने, निकासीयोग्य वस्तुको पहिचान एवम् बजार प्रवद्र्धनमा महोत्सवले सहयोग पुग्ने संयोजक कार्कीले बताए । जिल्लाको पर्यटकीय स्थलको विकास र विस्तारमा समेत महोत्सवले टेवा पु¥याउने, स्थानीय बजारको विकास विस्तार एवम् विशिष्टकरणतर्फ उन्मुख गराउने, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष अन्तत्र्रिmया गराई सकारात्मक सम्बन्ध विस्तार गराउने, आधुनिक एवम् नयाँ प्रविधि, उपकरण एवम् मेसिनबारे जानकारी गराउने, स्थानीय कला, साहित्य तथा लोकसंस्कृतिको जगेर्ना गर्ने, विभिन्न जातजातिबीच सांस्कृतिक, सामाजिक तथा धार्मिक सद्भाव अभिवृद्धि गर्ने, लगानीको अवसरको सिर्जना गर्ने, बहुप्रतीक्षित केरुङ-काठमाडौं रेलमार्ग र टोखा-छहरे सुरुङमार्ग, बालाजु-ककनी-पीपलटार सडक स्तरोन्नतिलगायतका आयोजनाको निर्माण काम अगाडि बढाउन सकारात्मक दबाब सिर्जना गर्ने उद्देश्य राखिएको संयोजक कार्कीले बताए । तीन सयभन्दा बढी स्टल रहने महोत्सव आयोजक समितिका सदस्य तथा सङ्घका द्वितीय अध्यक्ष सन्तोष उप्रेतीले बताए ।

उद्योग वाणिज्य सङ्घले कोभिडको कारण सङ्घको गत वर्ष स्थगित ११औँ अधिवेशन तथा साधारणसभा आगामी वैशाख ७ गते गर्ने निर्णय गरेको छ । सङ्घका महासचिव कृष्णप्रसाद अधिकारीले दिएको जानकारीअनुसार गत वर्षको चैतमै सम्पन्न गर्नुपर्ने साधारणसभा र अधिवेशन कोभिड र स्थानीय, सङ्घ र प्रदेशको निर्वाचनले गर्दा निर्धारित मितिमा भएन । यसपटकको अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने भएकाले जिल्लाका उद्योगी-व्यवसायीले विशेष महत्वका साथ हेरिरहेका छन् ।